काठमाडौं, १७ बैशाख । कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने भएका छन् ।
हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका एन्सेलोट्टीले यस सिजनको अन्त्यसँगै क्लब छोडे लगत्तै उनी ब्राजिलको राष्ट्रिय प्रशिक्षक बन्न सहमत भएका हुन् ।
समाचार अनुसार एन्सेलोट्टीले जुनको पहिलो सातादेखि ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छन । जसअनुसार उनको नेतृत्वमा अब ब्राजिलले २०२६ को विश्वकप खेल्नेछ ।
६५ बर्षिय एन्सेलोट्टी पछिल्लो पटक सन २०२१ देखि रियल म्याड्रिडको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१३ देखि २०१५ सम्म पनि रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारीमा थिए । रियल म्याड्रिड बाहेक उनले युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षकको भुमिका निभाइसकेका छन् ।
प्रतिकृया दिनुहोस