वासिङ्टन, १७ बैशाख । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिँदै जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।
जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भू-उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ । अमेजन अन्तरिक्षसम्बन्धी बजारमा नयाँ नाम हो । तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौं ‘स्टारलिङ्क’ हरू घुमिरहेका छन् ।
युनाइटेड लन्च एलायन्सको एटलस वी रकेटले अमेजनको ‘प्रोजेक्ट कुइपर’ उपग्रह मध्ये २७ वटा अन्तरिक्षमा पुर्याइ सकेको छ । अन्तरिक्षको कक्षामा प्रक्षेपण गरेपछि उपग्रहहरू अन्ततः लगभग ६३० किलोमिटरको उचाइमा पुगेर बस्नेछन् । एटलस वी आफैंले पनि सन २०२३ मा दुईवटा परीक्षण उपग्रह प्रक्षेपण गरेको थियो ।
पछिल्लो संस्करणमा ठूला परिवर्तनहरु गरिएको आयोजना अधिकारीहरुले बताएका छन् । नवीनतम उपग्रहहरू खगोलविद्हरूको सुविधाको लागि सूर्यबाट परावर्तित प्रकाश छिराउन डिजाइन गरिएको ‘मिरर फिल्म’ सँग फिट गरिएका छन् ।
‘स्टारगेजर’ हरू भने अन्तरिक्षको कक्षमा उपग्रहहरूको द्रुत रूपमा बढ्दो संख्याको विरोध गरिरहेका छन । तिनीहरू तर्क गरिरहेका छन कि यी उपग्रहहरूले अवलोकनहरू बिगार्छन् र त्यहाँ उपग्रह टक्कर हुने सम्भावनाको ठूलो डर छ ।
जेफ बेजोसद्वारा स्थापना गरिएको अमेजनले विश्वभर छिटो किफायती ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्तिमा ३ हजार २०० भन्दा बढी उपग्रहहरूलाई कक्षमा राख्ने लक्ष्य राखेको छ । यद्दपि, बेजोस अहिले आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’ सञ्चालन गरिरहेका छन् ।
उता, एलन मस्कको ‘स्पेसएक्स’ ले सन् २०१९ देखि अहिलेसम्म ८,००० भन्दा बढी ‘स्टारलिङ्क’ लन्च गरिसकेको छ । कम्पनीले गत आइतबार राति पनि आफ्नो २५० औँ स्टारलिङ्क सार्वजनिक गरेको थियो । समाचार अनुसार मस्कले ७००० भन्दा बढी स्टार लिंक अझै पनि पृथ्वी माथि लगभग ५५० किलोमिटर कक्षामा राखिरहेका छन् ।
तर, अमेजनले भने उनको भन्दा एक सय किलोमिटर माथी राखेको हो । उनले चाँडै ३२ सयवटा भु उपग्रह अन्तरिक्षमा राख्नेछन् । जसले विश्वलाई इन्टरनेट सुबिधा थप सहज बनाउने विश्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस