सिरहा २१ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१० डण्डाबाट दुईथान भरुवा बन्दुक फेला परेको छ ।
सिकार खेल्न गएका सिकारीहरूले बन्दुक फालेर भागेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको हो ।
सिकार खेल्ने क्रममा बन्दुक पड्किएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलासको क्रममा भरुवा बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जनाए ।
उनले भने,´सिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए । उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो ।´
बन्दुक कसले फालेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस