काठमाडाैं । मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २७ (सत्ताईस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) २०८२ बैशाख २२ गते मध्य पूर्वी पृतना हे.क्वा, बर्दिवासमा सुरु भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै मध्य पूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जि.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।
प्रतिकृया दिनुहोस