काठमाडौं, २७ बैशाख । स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन् । कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन् ।
राति निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ ।
यस्तो अवस्थामा तपाईंलाई पनि राति निन्द्रा लाग्दैन भने हामी तपाईका लागि केही खानेकुरा ल्याएका छौं, जुन तपाईले सुत्नुअघि खान सक्नुहुन्छ । यी खानेकुरा खाँदा निन्द्रा राम्रो हुन्छ भन्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।
अश्वगन्धा
सुत्नुअघि अश्वगन्धा सेवन गर्न सक्नुहुन्छ । यसले दिनभरको तनाव कम गर्छ र निद्रामा पनि सुधार गर्छ । यो पिउनाले शक्ति बढाउनुलगायत अन्य धेरै फाइदाहरू रहेका छन् । यसको सेवनले तनाव कम गर्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ ।
बदाम
राति बदाम खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यो खाँदा मस्तिष्क पनि तेजिलो हुन्छ । वास्तवमा यसमा म्याग्नेसियम हुन्छ, जसले शरीरलाई निकै आराम दिन्छ, जसले राम्रो निन्द्रा पुर्याउँछ । यो खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ ।
डार्क चकलेट
राति डार्क चकलेट पनि खान सकिन्छ । तर, यसलाई सीमित मात्रामा खानुपर्छ । यसमा म्याग्नेसियम हुन्छ, जसले निद्रा लाग्न मद्दत गर्छ । यसले तनावलाई पनि कम गर्छ, जसले मूडलाई सुधार्छ ।
केरा
यदि सुत्नु अघि पाकेको पहेंलो केरा खानु भयो भने पनि निन्द्रामा मस्त हुन सकिन्छ । तर, सुत्नु अघि २०–३० मिनेट अघि केरा खानु पर्छ । जसले सेरोटोनिन र मेलाटोनिन जस्ता स्लिपिङ हार्मोन विकास गर्न मद्धत गर्छ ।
प्रतिकृया दिनुहोस