रुपन्देही, वैशाख ३० – भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएको झन्डै ३ लाख रुपैयाँ बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँचको क्रममा ती सामानहरू बरामद गरेका हुन्। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य २ लाख ९० हजार ८ सय रुपैयाँ रहेको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामग्रीमा निम्न वस्तुहरू समावेश छन्:
साडी: १०९ थान
चिनी: २४० केजी
जिउँदो बोइलर कुखुरा: ४३ थान (करीब १०० केजी)
किराना सामानहरू
लु ५० प ९४७३ नम्बरको मोटरसाइकल
एक जना व्यक्ति पनि नियन्त्रणमा
बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन चेकपोष्ट, बेलहिया रूपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले अवैध तस्करीविरुद्ध निगरानी तथा चेकजाँचलाई थप कडा बनाइएको जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस