काठमाडौं, जेठ ४ गते | हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको पेप्सीकोलामा बसोबास गर्ने सञ्जय बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले जेठ ४ गते आइबार न्युरोडस्थित जुद्ध सालिक क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, बस्नेत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४, पलातीका स्थायी बासिन्दा हुन् । उनी काठमाडौंकाे पेप्सीकाेलामा बस्दै आएका थिए । बस्नेतमाथि करिब २० लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोप छ।
अवैध आर्थिक कारोबारको अनुसन्धान
काठमाडौं प्रहरी परिसरले प्रारम्भिक अनुसन्धानमा बस्नेतले वैदेशिक मुद्रा विनियम ऐन तथा बैंकिङ्ग प्रणालीको उल्लंघन गर्दै गैरकानुनी तरिकाले हुण्डीमार्फत कारोबार गरिरहेको पत्ता लागेको जनाएको छ। प्रहरी स्रोतका अनुसार, उनी नियमित रूपमा विदेशी मुद्रा नेपाली बजारमा अनधिकृत रूपमा चलाउने कार्यमा संलग्न थिए।
“विनियोजित रकम र सम्बन्धित डिजिटल माध्यममार्फत हुने कारोबारहरूको विवरण संकलन भइरहेको छ,” प्रहरी परिसर काठमाडौंका प्रवक्ताले जानकारी दिए।
फोन र डिजिटल प्रमाण पनि बरामद
प्रहरीले बस्नेतको साथबाट कारोबारमा प्रयोग भएका मोबाइल फोन, हिसाब–किताबसम्बन्धी कागजात तथा डिजिटल प्रमाणहरू पनि बरामद गरेको बताइएको छ। ती सामग्रीको फरेन्सिक विश्लेषणपछि थप नेटवर्कबारे जानकारी आउने विश्वास गरिएको छ।
अदालती प्रक्रिया अगाडि बढाउँदै
हाल बस्नेतलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीका अनुसार उनीमाथि विदेशी मुद्राको अवैध कारोबारसम्बन्धी कसूरअनुसार मुद्दा चलाइनेछ। अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत अदालती प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
हुण्डी कारोबारविरुद्ध कडा निगरानी
हालसालै विदेशी मुद्रा सञ्चयमा देखिएको संकटपछि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नियन्त्रण गर्न कडा निगरानी बढाएको छ। यसै सन्दर्भमा, प्रहरीले हुण्डी नेटवर्कमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी क्रमशः पक्राउ गर्न थालेको हो।
प्रहरीले हुण्डी कारोबारले वैदेशिक मुद्रा सञ्चयमा क्षति पु¥याउनुका साथै कानुनी बैंकिङ प्रणालीमाथि अविश्वास पैदा गर्ने भएकाले नागरिकलाई यस्ता गतिविधिमा संलग्न नहुन पनि अपिल गरेको छ।
प्रतिकृया दिनुहोस