भैरहवा, रुपन्देही । रुपन्देहीका विभिन्न नाका हुँदै भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको दस लाख रुपैयाँभन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले २०८२ साल जेठ ३ र ४ गते चेकजाँचको क्रममा उक्त सामानहरू बरामद गरेका हुन्।
प्रहरीका अनुसार भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएको जम्मा अन्दाजी मूल्य १०,३२,८९० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको छ।
प्रहरीले चोरी पैठारी रोक्न सशक्त चेकजाँच जारी राखेको जनाएको छ।
प्रतिकृया दिनुहोस