• सोमबार-जेठ-५-२०८२

साढे दुई  लाखभन्दा बढीको जुवा खेल्दै गर्दा १० जना समातिए


काठमाडौं, जेठ ४ गते । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३ गते दिउँसो ३ः३० बजेको समयमा गस्ती टोलीले कोठा भाडामा लिएर तास खेलाउने र खेल्ने समूहलाई नियन्त्रणमा लिएको हो।

🧾 पक्राउ परेका व्यक्तिहरूको विवरणः


१. रामजी बस्नेत, दोलखा – हाल मध्यपुर ठिमी
२. किशोर सुनुवार, तामाकोशी – हाल चाबहिल
३. देवानन्द डाँगी, रोल्पा – हाल गोकर्णेश्वर–४
४. ङावाङ दोर्जे शेर्पा, सिन्धुपाल्चोक – हाल काठमाडौं–६
५. नरध्वज श्रेष्ठ, बुढानीलकण्ठ–४
६. दावा शेर्पा, गोकर्णेश्वर–७
७. गौरी न्यौपाने, बाह्रबिसे – हाल काठमाडौं–७
८. साङ्गे शेर्पा, सोलुखुम्बु
९. पवन कार्की, ओखलढुङ्गा – हाल चाबहिल
१०. सागर ठकुरी, बाजुरा – हाल घट्टेकुलो
 

पक्राउ पर्नेमा दोलखा, सिन्धुपाल्चोक, रोल्पा, सोलुखुम्बु, बाजुरा, ओखलढुङ्गालगायतका जिल्लाबाट काठमाडौंमा बसोबास गर्दै आएका १० जना छन्। उनीहरूका साथबाट प्रहरीले रु. २,५७,४०० नगद, ९ बुक तास र १० थान मोबाइल फोन समेत बरामद गरेको छ।

🔍प्रहरी अनुसार 


जिल्ला दोलखा, भीमेश्वर नगरपालिका–७ का रामजी बस्नेत (हाल भक्तपुर, मध्यपुर ठिमी–३) को नेतृत्वमा अनामनगरस्थित घरमा कोठा भाडामा लिएर जुवा खेलाइँदै आएको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो।

पक्राउ परेका सबैविरुद्ध जुवा मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ।

 

प्रतिकृया दिनुहोस