मुम्बई, ८ जेठ । बलिउड फिल्म हेराफेरी-३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो ।
तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी र अक्षय कुमारले पनि परेश रावलले फिल्म छोडेको कुनै खबर पाएनन्, अचानक उनीहरूले सामाजिक सञ्जालको सहारा लिनु पर्यो ।
फिल्ममा परेश रावल प्रतिष्ठित बाबु रावको भूमिकामा देखिँदै थिए । जसमा अक्षय कुमार राजुको भूमिकामा र श्यामको भूमिकामा सुनिल शेट्टी देखिने वाला पनि थिए । ‘हेराफेरी’ र ‘फिर हेराफेरी’मा तीन जनाको जोडीलाई फ्यानहरुले निकै रुचाएका थिए ।
बाबुरावको भूमिकामा परेश रावलले आफ्नो ज्यान दिएका थिए । तर, अब परेश रावलले फिल्म छाडेपछि अब यो भूमिका कसले गर्ने भन्ने प्रश्न फ्यानहरुको मनमा उठेको छ ।
फिल्ममा परेश रावललाई ‘रिप्लेस’ गरेर बाबु रावको भूमिकालाई न्याय दिने उद्योगमा धेरै कलाकारहरू रहेका छन् । यस लिस्टका लागि पंकज त्रिपाठी, बोमन इरानी, गजराज राव, सञ्जय मिश्रा र अन्नु कपूरजस्ता स्टारहरूको नाम अहिले चर्चामा आइरहेका छन् किनभने यी कलाकारहरूले वर्षौंदेखि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई मनोरञ्जन दिइरहेका छन् । उनको कमिक टाइमिङ पनि गजबको छ र उनीहरू ‘बाबु राव’ को भूमिकाको लागि उत्तम विकल्प हुन सक्छन् ।
तर, फिल्ममा परेश रावलको ‘रिप्लेसमेन्ट’ को बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । फिल्ममा परेश रावल फेरि आउने वा अन्य कलाकारले यो भूमिका निर्वाह गर्ने भन्ने बारे अहिलेसम्म कुनै अपडेट छैन । तर, उनले फिल्म छाडे पछि अक्षयकुमारले परेश रावल माथि २५ करोड क्षतिपूर्तिको नोटिस पठाएका छन् ।
प्रतिकृया दिनुहोस