• आइतबार-जेठ-११-२०८२

आन्दोलनमा जव गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ 


काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको ६ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।


न्यायको माग राख्दै काठमाडौंमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम गायक हेमन्त कान्छ रसाइलीको प्रश्तुतीले माहोल भावुक बनायो । सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ भन्ने बोलको गीत प्रश्तुत गर्दा सहभागीहरुको आँखा रसाएका थिए । 


१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।


उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।


उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो । त्यसविरुद्ध दलित अभियान्ताहरु निरन्तण आवाज उठाइरहेका छन् । ‘दलितका लागि दलित’ अभियानको नेतृत्व गरिरहेका खगेन्द्र सुनारले उक्त घटनालाई न्यायलयले पनि अन्याय गरेको बताउने गरेका छन् । 

 

उक्त सामुहिक हत्याकाण्ड उपर उच्च अदालत, सुर्खेतको फैसला (जातिय विभेद हैन) को विरोधमा लामो समयदेखि माइतीघरमा धर्ना र आन्दोलनका कार्यक्रमहरु भइरहेका छन्। 
 

प्रतिकृया दिनुहोस