काठमाडौं । आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षीय रुद्रराज कार्की रहेका छन् । उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी इन्ड्राइभ गरी चढेका थिए । भाडा मागेपछि भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई कार्कीले धाकधम्की दिई भाडा तिरेनन् । यसपछि पीडितले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको न्यौपानेले बताए ।
यस्तै, शुक्रबार अपराह्न ४ बजे कौशलटारबाट नक्कली डिएसपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा बारियारपट्टी गाउँपालिका-५ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन् । मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरीमा ठगीमा परेका पीडितहरूको पैसा उठाइदिने भन्दै उनले आफूलाई डिएसपी बताउने गरेका थिए ।
वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले काशिन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिकृया दिनुहोस