हेटौंडा । हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडि सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पकिअप गाडीसहित एक जनालाई पक्राउ गरेको हो ।
हेटौडाबाट कलैयातर्फ जाँदै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक दोलखा जिरी नगरपालिका वडा नम्बर–१ बस्ने ३२ वर्षीय अम्मर बहादुर तामाङलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुंदा उक्त गांजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस