• आइतबार-जेठ-१८-२०८२

फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिँदै


पोखरा । फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरिएका छन् । 


फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजीपीएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् ।  यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् ।


सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको  छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।


आज तालघरको सिमानामा पोल गाड्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । पोल गाड्ने कार्य वाराहीघाटदेखि सुरु हुनेछ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, जगर प्रमुख आचार्य र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा सीमा स्तम्भ गाड्ने कार्यक्रम रहेको छ ।

 

प्रतिकृया दिनुहोस