• मंगलबार-जेठ-२०-२०८२

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाब आईपीएलको फाइनलमा

 

काठमाडाैं, १९ जेठ ।  पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर(२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । 

 

योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ ।

 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँर्दै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो । पञ्जावका कप्तान श्रेयसले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङ्समा ५ चौका र ८ छक्का समावेश भएको थियो । १९औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयस अय्यरले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

 

श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए । जसमा अश्विनी कुमारले दुई विकेट लिए । टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ्स खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए ।

 

पञ्जाब आईपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले जुन ३ मा बेंगलुरुको सामना गर्नेछ ।

 

प्रतिकृया दिनुहोस