• शुक्रबार-जेठ-२३-२०८२

मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् ।

 

बुधबार छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले आमाले जात नजन्माउँने मानव जन्माउँने बताएका हुन् ।

 

उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’

 

‘मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ,’ उनले थप अगाडि भने ।

प्रतिकृया दिनुहोस