• शुक्रबार-जेठ-२३-२०८२

उच्च रक्तचाप भएमा के खाने, के नखाने ?

 

व्यस्त जीवन, खराब खानपानको बानी, अनियमित दैनिक दिनचर्या र बढ्दो तनावले मानिसहरूको स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ । लामो समयसम्म काम गर्ने, जंक फूड खाने, निद्राको कमी र मानसिक तनावका कारण मानिसहरू सानै उमेरमा पनि गम्भीर रोगबाट प्रभावित भइरहेका छन् । यी मध्ये एक उच्च रक्तचाप हो, जुन अब वृद्धवृद्धामा मात्र सीमित छैन र युवाहरूमा पनि तीव्रगतिमा बढिरहेको छ । उच्च रक्तचापले बिस्तारै शरीरलाई भित्रैबाट क्षति पु¥याउँछ । यसको समयमै हेरचाह भए भने मुटु रोग, स्ट्रोक, मिर्गाैला खराब हुने र आँखाको ज्योतिलाई पनि असर गर्न सक्छ । उच्च रक्तचाप नियन्त्रण गर्न गाह्रो छैन, तर यसको लागि सबैभन्दा महत्वपूर्ण कुरा उचित आहार र जीवनशैली हो । हामीले खाने कुराले हाम्रो रक्तचापमा प्रत्यक्ष प्रभाव पार्छ । अत्यधिक नुनको सेवन, तारेको, प्रशोधित र बोसोयुक्त खानेकुरा खाने गरेमा रक्तचाप बढ्ने हुन्छ  । 


उच्च रक्तचापमा के खाने ?
–ओट्स, पूर्ण अन्न, गेडागुडी र तरकारीहरू खानुपर्दछ । यसले कोलेस्ट्रोल घटाउन र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
–विशेषगरी केरा, सुन्तला, मेवा, गोलभेडा, पालुङ्गो, सखरखण्ड आदि पोटासियमयुक्त फलफूलले रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्छ ।
–दही, दूध जस्ता उत्पादनहरूमा क्याल्सियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।
–प्रोटिनको लागि अण्डाको सेतो भाग, कुखुराको छाती र माछा जस्ता विकल्पहरू राम्रो हुन्छन् । 
–बदाम, ओखर, आलस र सूर्यमुखीको बीउमा स्वस्थकर बोसो हुन्छ, जसले मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ ।
–कागती पानी र नरिवल पानी प्राकृतिक डिटोक्स पेय पदार्थ हुन्, जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।


उच्च रक्तचापमा के खानु हुँदैन ?
–उच्च रक्तचाप भएका व्यक्तिहरूको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नुन कम गर्नु हो । प्रशोधित खाना, अचार, पापड, नमकीन, प्याकेज गरिएको खाजाबाट टाढा रहनुपर्दछ । यसमा ट्रान्स फ्याट प्रशस्त मात्रामा हुन्छ जसले रक्तचाप र कोलेस्ट्रोल दुवै बढाउँछ ।
–अत्यधिक चिनीले तौल र रक्तचाप दुवै बढाउन सक्छ । चिसो पेय पदार्थ, मिठाई र बेकरीका सामानहरू सीमित गर्नुपर्दछ । 
–रातो मासु र प्रशोधित मासुमा सोडियम र संतृप्त फ्याटको मात्रा बढी हुन्छ, जसले रक्तचापलाई असन्तुलित बनाउँछ ।
–धेरै चिया, कफी वा इन्र्जी ड्रिंक्स पिउनाले अस्थायी रूपमा रक्तचाप बढ्न सक्छ । किनभने यसमा क्याफिन हुन्छ ।

–मदिरा र धूम्रपान दुवैले उच्च रक्तचाप बढाउन सक्छ । 


उच्च रक्तचापमा खानामा के परिवर्तन गर्नुपर्छ
–हरेक दिन २÷३ वटा फलफूल र तरकारी भोजनमा समावेश गर्नुपर्दछ । 
– पूर्ण अन्न र कम बोसो भएका दुग्ध उत्पादनहरू समावेश गर्नुपर्दछ ।
– आफ्नो नुनको सेवन प्रति दिन १ चम्चा भन्दा कममा सीमित गर्नुपर्दछ ।
– बोसोयुक्त र तारेको खानाबाट टाढै रहनुपर्दछ । 
– चिनीको सेवन कम गर्नुपर्दछ । 

एक पटक उच्च रक्तचाप भयो भने जीवनभर यसको निगरानी गर्नुपर्ने हुन्छ । उचित आहार कायम राखेर, नियमित व्यायाम गरेर र तनावमुक्त जीवनशैली अपनाएर यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । औषधिमा भर पर्नुको सट्टा समयमै आफ्नो आहारमा सुधार गरेर यस्ता गम्भीर रोगहरूबाट बच्न सकिन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ १९) 
 

प्रतिकृया दिनुहोस