• आइतबार-असार-१५-२०८२

जुत्ताको डिजाइनमा निर्मित यो अनौठो होटल

 

मानिसहरु कतै घुम्न गएमा सबैभन्दा पहिले सोच्ने भनेकै होटलको व्यवस्थाको बारेमा हो । होटलमा रात बिताउने मात्रै नभई गुणस्तरीय समय व्यतित गर्न चाहन्छन् । यसका लागि सुन्दरता र सुरक्षा महत्वपूर्ण पाटो रहन्छ । विश्वमा पछिल्लो समय व्यवसायहरुमा नौलोपन नै चर्चा पाउने गर्दछ । हो, यस्तै आकर्षक, फरकपन र नयाँ थिममा आधारित जुत्ता आकारको होटलको बेलाबखतमा निकै चर्चा हुने गर्दछ । यसको नाम हाइन्स शु हाउस अमेरिकाको पेन्सिलभेनियाको योर्कमा रहेको छ । यो होटल सन् १९४८ मा अमेरिकी व्यापारी महलोन हाइन्सले गरेका थिए ।

 

 
हाइन्सले यो घर बनाएपछि यसलाई आफ्नो जुत्ता पसलहरुको विज्ञापन गर्न प्रयोग गर्ने गरेका थिए । उनले पर्यटकीय स्थलका रुपमा यो सु हाउसलाई प्रयोग गर्दै आएका थिए । यस होटलमा आउनेहरु आफ्नो पसलमा पुग्नेछन् भन्ने उनको आशा थियो । तर पछिल्लो समय टाढाटाढाबाट पर्यटकहरु घुम्न र बस्नकै लागि यस होटलमा आउने गर्दछन् । यस होटलमा बस्नका लागि पनि ठूलो रकम तिर्नुपर्ने हुन्छ । (साँघु साप्ताहिक, २०८२ जेठ १९) 
 

प्रतिकृया दिनुहोस