• शनिबार-जेठ-२४-२०८२

"गृह मन्त्रालयको कर्मचारी हुँ" भन्दै प्रहरीलाई नै धम्क्याउने व्यक्ति पक्राउ

 

काठमाडौं, २३ जेठ । "म गृह मन्त्रालयको कर्मचारी हुँ" भन्दै विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरी धम्की दिने एक जना काठमाडौँबाट पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा पाल्पा जिल्ला, बैनाेदेवी गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१०, नक्सालमा बस्दै आएका ५७ वर्षीय भरत बहादुर रायमाझी रहेका छन् ।

 

प्रहरी अनुसन्धानका अनुसार रायमाझीले आफूलाई गृह मन्त्रालयको पदाधिकारी भएको नक्कली परिचय दिँदै विभिन्न प्रहरी इकाइहरूमा फोन गरेर दबाब र धम्की दिने प्रयास गरेका थिए । उनी गृह मन्त्रालयकै निर्देशनअनुसार कार्यरत हुँ भन्ने भ्रम पारेर कानुनी प्रक्रियामा हस्तक्षेप गर्न खोजेको खुलेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले घटनाबारे बुझ्दै जाने क्रममा रायमाझीलाई काठमाडौँको नक्सालबाट नियन्त्रणमा लिएको हो ।

 

निज रायमाझीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

 

प्रतिकृया दिनुहोस