संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ ।
हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए ।
हिजो अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेबाट सुरू भएको बैठकलाई प्रतिपक्षले अबरोध गरेका थिए ।
हिजोको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो ।
प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् । उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन् । तर, सत्ता पक्षले भने अझै यसलाई स्वीकार नगरे पछि संसद बैठक प्रभावित हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस