एजेन्सी । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घन्टाका लागि बन्द गरिएको थियो ।
नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ । अहमदाबाद विमानस्थल अपरान्ह ४ बजेबाट उडान सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू अत्यन्त सावधानीपूर्वक पालना गरिँदैछ,’ नागरिक उड्डयन मन्त्रालयले भनेको छ ।
बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।
घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘शब्दले भन्न नसकिने हृदयविदारक’ भनेका छन् ।
प्रतिकृया दिनुहोस