• शुक्रबार-जेठ-३०-२०८२

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

 

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकले संचालन गरेको युट्युब च्यानल ‘टफ टक’मा आबद्ध पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा छन् ।

 

अर्यालले आफूलाई प्रहरीले पिछा गरिरहेको बताए । विहीबार विहानदेखि ललितपुर कुपोन्डोल निवास नजिक प्रहरीले निगरानी बढाएको नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पुष्टि गरे । अर्याललाई पक्राउ गर्न खोजीरहेको लम्सालले जनाए । उनले भने,‘प्रेस स्वतन्त्रता दबाउने र पत्रकारमाथि मुद्दा लगाउने सरकारको यो कदम लोकतन्त्रको लागि खतरा हो।’

 

पाठकलाई काठमाडौँ जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । सञ्चारकर्मी पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

 

पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए ।

 

लामो समय कान्तिपुर टेलिभिजनमा आबद्ध भएका पत्रकार अर्याल पछिल्लो समय ‘टफ टक’मा सम्पादकीय नेतृत्व गरिरहेका थिए । उनलाई विहीबार विहानदेखि नै प्रहरीले पिछा गरिरहेको थियो । 
 

 

 

प्रतिकृया दिनुहोस