• सोमबार-असार-१६-२०८२

कोरोनाबाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

 

नयाँदिल्ली, १ असार । भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ ।

 

पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

 

कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिनमा मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो। जसअनुसार केरलामा ६, दिल्लीमा ३ र महाराष्ट्रमा १ जनाको मृत्यु भएको छ । जनवरीदेखि हालसम्म ९७ बिरामीको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

 

भारतका ३१ राज्य र केन्द्र शासित प्रदेशहरूमा सक्रिय केसहरूको संख्या अहिले ७ हजार ८३३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, आइतबार कुनै नयाँ केस दर्ता भएको छैन ।

 

तर, यसबिचमा हिजो मात्रै १७ बिरामीहरू निको भएका छन्। केरलामा २ हजार ७ वटा केसहरू छन, जो भारतको अन्य राज्य भन्दा सबैभन्दा उच्न हो, त्यसपछि गुजरातमा १ हजार ४४१ सक्रिय केसहरू र पश्चिम बंगालमा ७४७ सक्रिय केसहरू अझै सक्रिय रहेका छन्।

प्रतिकृया दिनुहोस