• शुक्रबार-असार-१३-२०८२

अबैध माटो उत्खनन् नियन्त्रण : दुई हाईवा र एक JCB नियन्त्रणमा, ५०–५० हजार जरिवाना

भैरहवा, असार २। रुपन्देही जिल्लाका दुई विभिन्न स्थानबाट अबैध रूपमा माटो उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएका प्रहरी टोलीहरूले जेठ ३० र ३१ गते सो कार्यमा संलग्न दुई हाईवा र एक JCB नियन्त्रणमा लिएर सम्बन्धित स्थानीय तहमा बुझाएका थिए । दुवै घटनामा संलग्न सवारी साधनहरूलाई असार १ गते ५०–५० हजार रुपैयाँ जरिवाना गराई छाडिएको छ ।

तिलोत्तमाबाट दुई हाईवा नियन्त्रणमा


जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जेठ ३१ गते तिलोत्तमा नगरपालिका–१३ अमुवा क्षेत्रबाट लु २ ख ४२०७ र लु २ ख ३७५६ नम्बरका दुई हाईवा सवारीहरूलाई माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

 

सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि तिलोत्तमा नगरपालिकामा बुझाइएको थियो । नगरपालिकाले दुवै गाडीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी असार १ गते छाडेको हो ।

सैनामैनाबाट JCB नियन्त्रणमा


यस्तै, इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले जेठ ३० गते सैनामैना नगरपालिका–९ गुरुङडाँडा खाला क्षेत्रमा लु १ क ५२१९ नम्बरको JCB ले अनुमति बिना माटो उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

 

उक्त JCB लाई आवश्यक कारबाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा बुझाइएको थियो । नगरपालिका कार्यालयले उक्त मेसिनलाई पनि ५० हजार रुपैयाँ जरिवाना गरी असार १ गते छाडेको जनाएको छ ।

 

प्रहरी प्रशासनका अनुसार यस्ता अवैध उत्खनन् कार्यहरूले वातावरणीय जोखिम बढाउनुका साथै सरकारी राजस्वमा क्षति पुर्‍याउने भएकाले निगरानी र कारबाही थप कडा बनाइनेछ ।

साँघु न्यूज डटकम

प्रतिकृया दिनुहोस