काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर खरिदकालागि आजदेखि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवदेन दिन पाउने छन् । तर, बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या उल्लेखगरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस