• मंगलबार-असार-३-२०८२

सुनचाँदी व्यवसायीको आन्दोलन जारी, भक्तपुरका व्यवसायीले न्यूरोडमा गरे प्रदर्शन


काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् । 


सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।


आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरुले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो व्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायीहरु न्यूरोड पुगेर प्रर्दशन गरेका हन् ।
भक्तपुर सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष बिजेन शाक्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए । 


उनले भने, ‘हामीले गरिरहेको कार्यक्रम चाहेर गरेको होइन् । परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर लगाएर अन्याय गरियो ।  जन्मदेखि मृत्युसम्म चाहिने सुनमा जुन कर लगाएको छ त्यो अन्यायपूर्ण नै हो ।’ 


यस्तै, भक्तपुर सुनचाँदी व्यवसायी संघको सल्लाहकार साक्यन शाक्यले सुनलाई विलासिताको वस्तुमा राख्ने कुरा मान्य नभएको भन्दै हटाउनुपर्ने माग राखे । 


उनले भने, ‘सरकारले आर्थिक वर्ष २०८२।८३ मा सुनलाई विलासिता वस्तु भनेर २÷ २ प्रतिशत गरेर तीन तहमा ६ प्रतिशत थप कर लगाउने र रत्न पत्थरजन्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउनु असान्दर्भिक छ । कर नीतिका विरुद्धमा हामी आज मौन जुलुसका साथ न्यूरोडमा आएका छौ । सुनलाई विलासिताको वस्तुमा राख्ने हामीलाई मान्य नभएको हुनाले यसलाई हटाउनुपर्छ ।’
 

प्रतिकृया दिनुहोस