• शुक्रबार-असार-६-२०८२

‘पुलिस अफ द मन्थ’बाट सिरहाका डिएसपी पासवान सम्मानित

 

सिरहा । नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारीमा उच्च लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवान ‘पुलिस अफ द मन्थ’घोषित भएका छन् ।

 

सिरहा प्रहरी कार्यालयले २०८२ साल जेठ महिनाका लागि प्र.ना.उ. पासवानलाई संगठनको श्रीवृद्धि, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त उपाधिसहित सम्मान गरेको हो ।

 

प्र.ना.उ. पासवानले संगठनद्वारा तोकिएको जिम्मेवारीलाई पूर्ण इमान्दारिता र निष्ठाका साथ निर्वाह गर्दै सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन सफल भूमिका निर्वाह गर्दै आएका छन् । साथै, सूचना प्रवाह तथा प्रहरी–सर्वसाधारण समन्वय सुदृढ गर्न पनि उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाले पासवानलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य सम्पादन गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस