• शुक्रबार-श्रावण-२-२०८२

डीएसपीकाे साथ पाएपछि बाबुछोरा मिलेर विद्यालयको लाखौं रूपैयाँ झ्वाम !

महाकाली माध्यमिक विद्यालय, पिपलटार, धादिङ्


      धादिङ्ग । गाउँ पालिकाको आदेशलाई अटेरी गर्दै प्रधानाध्यापक बाबु र बालुवा तष्करीमा सम्लग्न छोरा मिलेर विद्यालय हाता भित्रको जमिन उत्खनन् गरि पौने करोड रूपैयाँको बालुवा बिक्री गरेकाे स्थानीयहरू बताउछन् । महाकाली मा. वि. पिपलटारका प्रधानाध्यापक लाल बहादुर विश्वकर्मा र काङ्ग्रेस महासमितिमा दलित कोटाबाट सदस्य रहेका बालुवा  रमेश बिकले त्यसरी विद्यालय हाताको बालुवा बेचेर सम्पूर्ण रकम हजम गरेकाे आराेप स्थानीयकाे छ ।


    प्राप्त जानकारी अनुसार, उक्त विद्यालय हाता भित्रको एघार सय ट्रीप बालुवा प्रति ट्रीप रू ७०००। का दरले रमेश र लालबहादुर मिलेर बिक्री गरेकाे  प्रत्यक्षदर्शी भुक्तभाेगीहरू बताउछन् । बिक्री गर्नु अघि प्रति ट्रीप रू २१००। का दरले विद्यालयको कोषमा जम्मा गरिने  बचन लालबहादुर र रमेशले स्थानीय बासिन्दालाई दिएका थिए । तर, कबुल गरेकाे साे  रकम समेत बाबु छोराले विद्यालयलाई नदिएकाे विद्यालय व्यवस्थापन समितिका एक जना सदस्यले बताए । 


    यसरी विद्यालयको श्रोतमा अनियमितता हुन लागेको जानकारी पाएपछि शिद्धलेक गाउँ पालिकाले मिति जेठ २५ , २०८२ मा जिल्ला प्रशासन कार्यालय धादिङ्गलाई  पत्र ( च नम्बर ३५८०) लेखी आवश्यक कारबाही अघि बढाउन भनेकोमा गजुरीका डीएसपीकाे संरक्षणका कारण प्रजिअ समेत अलमलमा परेको बताइन्छ । 


    रमेश बिकले काङ्ग्रेसका प्रकाश रसाइली र मीन विश्वकर्माको नाम लिंदै डीएसपीलाई प्रभावित पारेकोले बाबुछोरा विरूद्ध कारबाहीमा उत्रिन डीएसपी विकाश थापा हच्किएकाे जिल्ला प्रशासन स्राेत बताउछ । डीएसपी थापाकै मिलोमतो र संरक्षणमा रमेश बिकको बालुवा तष्करी धन्धाले संरक्षणा पाइरहेको  स्थानीयहरू बताउछन् । 


    यिनै रमेश बिक र विशाल गिरीको मिलिभगतमा गाउँ पालिकाले बिनियोजन गरेको आठ लाख बजेट पनि दुरुपयोग भएको समाचार छ । शिद्धलेक गाउँ पालिकाले पृथ्वीराजमार्ग सङ्गै त्रिशुली नदीमा रहेको  जरे पुलबाट आदमटार तर्फ जाने सडक ढलान गर्न बिनियोजन गरेको बजेट प्रयोग गरि रमेश र बिशालले  चालू सडकलाई डोजर लगाएर भत्काइ आफ्नो निजी स्वार्थका निम्ति बेग्लै सडक बनाउने प्रयत्न गरेका थिए ।


   त्यसरी चालू सडक भत्काएर मनोमानीले अर्काको जमिनबाट सडक बनाउन खोजेपछी स्थानीयले गजुरीका डीएसपी थापा सम्म पुगेर उजुरी गरे । त्यसरी डीएसपीकोमा उजुरी गर्न स्थानीय बासिन्दा पुगेको सुनेपछि रमेश बिकले हातमा गाडीको साँचो घुमाउदै ब्यङ्ग्यात्मक मुस्कान दिएर सबैका अगाडि भनेका थिए "गजुरीको डीएसपी यसरी मैले साँचो घुमाए झै मेरो औंलामा नाच्छ भन्ने यिनलाई थाहै रहेनछ, हाहाहा।" भनिन्छ, डीएसपी बिकाश थापाकै कारण त्यस क्षेत्रमा गुण्डागर्दीकाे बिगबिगी बढेको स्थानीयहरू बताउछन्

प्रतिकृया दिनुहोस