घोडाघोडी (कैलाली),८ असार : नेपाल एडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तपेन्द्र रावल चयन हुनुभएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरको उपस्थितिमा धनगढीमा सम्पन्न भेलाले रावलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा तखत कुँवर र शैलेन्द्रजङ्ग कुँवर, सचिव इन्द्रा केसी, लोकविक्रम सामन्त चयन हुनुभएको छभने सदस्यहरूमा जनक कडायत, तेजु रोकाया, मनोज रेग्मी, दिलबहादुर रोकाया र राजेन्द्र रावललगायत चयन हुनुभएको छ ।
समितिमा चयन हुनुभएका सम्पूर्णलाई बधाई दिँदै केन्द्रीय अध्यक्ष कुँवरले नेपाल एडभेन्चर रनिङ महासङ्घको मुख्य उद्देश्य नेपालको प्राकृतिक र पहाडी भूगोललाई उपयोग गर्दै ट्रेल रनिङ, अल्ट्रा रनिङ र स्काई रनिङजस्ता साहसिक दौड खेललाई व्यवस्थित, सुरक्षित र अन्तरराष्ट्रियस्तरमा लोकप्रिय बनाउँदै खेलाडी उत्पादन, तालिम, प्रतियोगिता आयोजना तथा पर्यटन प्रवर्द्धन गर्नु रहेको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमको खप्तड रामारोसन अन्तरराष्ट्रिय अल्ट्रा रनिङ प्रतियोगिता आयोजना गरिने तयारी गरिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस