• मंगलबार-असार-१०-२०८२

ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने राजेश बराम पक्राउ

 

काठमाडौं । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन् ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए ।

 

चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम फरार भएका थिए । आचार्यका अनुसार बराम फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा आए ।

 

निवेदन दिएपछि प्रहरीले खोजी सिलसिलामा सोह्रखुट्टेबाट पक्राउ गरेको आचार्यले बताए । बरामदलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस