पर्सा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन् ।
२१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति लिइएको छ । लम्सालका अनुसार शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ ।
श्रीमान-श्रीमतीबीच मनमुटाव रहेकोले घटना भएको प्रहरीको अनुमान छ । ‘उनीहरूबीच लामो समयदेखि बोलचाल नरहेको थाहा भएको छ,’ लम्सालले भने, ‘कामबाट घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने गरेको पाइएको छ ।’
प्रतिकृया दिनुहोस