• बुधबार-असार-११-२०८२

नेकपा एमालेको सचिवालय बैठक बस्दै

 

काठमाडौं, ११ असार । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक बस्न लागिएको हो ।


एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।


एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ ।
 

 

प्रतिकृया दिनुहोस