• बुधबार-असार-११-२०८२

बिजुलीको पोल ढल्दा लोलाङ हाइटको बाटो अवरुद्ध, प्रहरीले हटायो अवरोध


 काठमाडौं, असार ११।   काठमाडौं जिल्ला अन्तर्गत तारकेश्वर नगरपालिका–५ लोलाङ हाइटस्थित पृथ्वीनारायण माध्यमिक विद्यालय नजिकको सडकमा असार ११ गते बिहान अचानक बिजुलीको पोल ढलेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियाे ।

स्थानीय बासिन्दाहरूले तत्काल सूचना दिएपछि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उक्त पोल हटाउँदै सडक सञ्चालनमा ल्याएको हो। ढलेको पोलको कारण केही समयका लागि पैदल यात्री र सवारी साधन दुवैलाई आवागमनमा समस्या भएको थियो।

 

सडकमा बिजुलीको पोल अचानक ढल्नुको कारण हालसम्म खुलेको छैन। तर प्रहरीका अनुसार पोलको मुनि रहेको माटो खुकुलो भएकाले पोल जराैलाे भएर ढलेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी र स्थानीय वडाध्यक्षको संयोजनमा वैकल्पिक ट्राफिक व्यवस्थापनको समेत प्रयास गरिएको थियो।

 

नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी पोल प्रतिस्थापनको तयारी भइरहेको जनाइएको छ। यस क्रममा कुनै मानवीय क्षति नभएको प्रहरी स्रोतले जनाएको छ।

 

स्थानीयले भने यस क्षेत्रका पोलहरू धेरै पुराना र जीर्ण भएको भन्दै तत्काल मर्मत र सुदृढिकरणको माग गरेका छन्।

📸 तस्बिर: ढलेको पोल हटाउँदै प्रहरी टोली (स्रोत: नेपाल प्रहरी )
✍️ संवाददाता-साँघु न्यूज डटकम


 

प्रतिकृया दिनुहोस