• बुधबार-असार-११-२०८२

नक्कली परीक्षार्थी बनेर बल्खु क्याम्पसमा प्रवेश, यसरी पक्राउ परे केशव रोकाया

 

काठमाडौँ, ११ असार : नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तहको जनप्रशासन विषयको परीक्षामा सहभागी भएका युवक पक्राउ परेका छन् ।

 

काठमाडौँको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेष्टरमा अध्ययनरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया नक्कली परीक्षार्थी भएको पाइएपछि क्याम्पसले कारबाहीका लागि प्रहरीलाई खबर गरेको थियो ।

 
प्रहरी वृत्त कालीमाटीबाट खटिइएको टोलीले उनलाई आज पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी नक्कली परीक्षार्थी बनेर मङ्गलबारको परीक्षामा सहभागी भएका थिए ।
---

 

 

प्रतिकृया दिनुहोस