• बिहीबार-असार-१२-२०८२

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको  एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस