काठमाडौं, असार १२ गते। सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई युवालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
उनीहरूमाथि झण्डै १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँबराबरको अवैध क्रिप्टो करेंसी कारोबार गरेको पनि आरोप छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेका समिर तामाङ र क्रिस पाेखरेल हरूले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा विभिन्न आकर्षक योजनाको प्रचार गरी सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम ठगी गर्दै आएका थिए। ती व्यक्तिहरूले बिटक्वाइन, ट्रोन, इथरियमजस्ता डिजिटल मुद्राको प्रयोग गरी नेपालमा अवैधानिक रूपमा क्रिप्टो करेंसी कारोबार गरिरहेका थिए।
प्रविधिको विकाससँगै ठगीका स्वरूप पनि परिष्कृत हुँदै गएका छन्। यसअघि जुनसुकै MLM, बिटक्वाइन स्किम, म्याट्रिक्स नेटवर्किङ वा अनलाइन इन्भेस्टमेन्टका नाममा भएको ठगी अब 'क्रिप्टो ट्रेडिङ' नाममा अगाडि बढिरहेको देखिन्छ।
गोप्य सूचनाको आधारमा पक्राउ
‘Operation 9.21.2’ अन्तर्गत प्रहरीको विशेष टोलीले गुप्त सूचनाको आधारमा काठमाडौं उपत्यकाभित्र छापा मार्दै उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूका साथबाट क्रिप्टो कारोबारसम्बन्धी प्रमाण, प्रयोग गरिएका मोबाइल फोन र डिजिटल वालेटसमेत बरामद गरेको जनाएको छ।
नेपालमा क्रिप्टो कारोबार गैरकानूनी
नेपाल राष्ट्र बैंकले क्रिप्टो करेंसीलाई वैधानिक मान्यता नदिएको स्पष्ट पारेको छ। डिजिटल मुद्रासँग सम्बन्धित कारोबारमा संलग्न हुने, प्रचारप्रसार गर्ने वा प्रयोग गर्ने कार्यसमेत गैरकानुनी मानिन्छ। यसअघि पनि नेपाल प्रहरीले पटकपटक विभिन्न ठगी र साइबर अपराधसँग जोडिएका क्रिप्टो कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ।
जिल्ला प्रहरी परिसरको अपिल
प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा देखाइने उच्च नाफाको लोभमा नपर्न र यस्ता कारोबारबाट सचेत रहन अनुरोध गरेको छ। प्रहरीले अनुसन्धानलाई अझ सशक्त बनाउँदै ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको जनाएको छ।
‘विस्तृत अनुसन्धान हुँदै’
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानको लागि साइबर ब्युरोको समन्वयमा विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार, उनीहरूले नेपालको कानुन विपरीत विदेशी क्रिप्टो एक्सचेन्जहरूमार्फत अवैध कारोबार गरी नेपाली युवाहरूलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएका थिए।
नयाँ प्रविधि, पुराना षड्यन्त्र
प्रविधिको विकाससँगै ठगीका स्वरूप पनि परिष्कृत हुँदै गएका छन्। यसअघि जुनसुकै MLM, बिटक्वाइन स्किम, म्याट्रिक्स नेटवर्किङ वा अनलाइन इन्भेस्टमेन्टका नाममा भएको ठगी अब 'क्रिप्टो ट्रेडिङ' नाममा अगाडि बढिरहेको देखिन्छ। तर यसको मूल प्रवृत्ति एउटै छ—छल र प्रलोभनमार्फत निर्दोष नागरिकलाई आर्थिक मारमा पार्ने।
सुरक्षा निकायका अनुसार, डिजिटल प्रविधिको अनुचित प्रयोग गरेर हुने आर्थिक अपराधमाथि कडा निगरानी राखिने र त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने नीति लिइएको छ।
प्रतिकृया दिनुहोस