• आइतबार-असार-१५-२०८२

मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प


मुगु । मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।


भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस