काठमाडौं, असार १५ गते। काठमाडौंको टोखा नगरपालिका–१० स्थित वज्रयोगिनीमा अवस्थित एक घरमा जुवा खेल्दै गरेका ११ जना व्यक्तिहरूलाई प्रहरीले नगद ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
२०८२ असार १३ गते राति ९ः०० बजेको समयमा प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गतको प्रहरी टोलीले छापा मारेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
टोलीले तास खेल्न प्रयोग भएको नगद रु. ५०,००० (पचास हजार) र तास बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू यसप्रकार छन्ः
पक्राउ परेकामध्ये अधिकांश गोरखा, रुकुम, नुवाकोटलगायत जिल्लाबाट काठमाडौं बसाइँ सरेका वा बसोबास गरिरहेका हुन्। उनीहरूविरुद्ध जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले काठमाडौं उपत्यकामा बढ्दो तास र जुवा खेल गतिविधिको निगरानी गर्न तीव्रता दिएको जनाएको छ। यस्ता अवैध कार्यविरुद्धको निगरानीलाई अझ प्रभावकारी बनाइने जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहोराले दिए ।
प्रतिकृया दिनुहोस