• मंगलबार-असार-२४-२०८२

आँपको क्यारेटमा लुकाइएका ४ हजार ५ सय पिस एम्पुल लागूऔषधसहित अन्सारी पक्राउ


रौतहट । बारा प्रहरीले प्रतिवन्धित लागूऔषध एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । 


४ हजार ५ सय पिस एम्पुलसहित प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वाड न. ७ बस्ने बर्ष २० को सेराज अन्सारीलाई पक्राउ गरेको हो । 


कलैया उपमहानगरपालिका वाड न. ५ भरत चोकबाट मटिअर्वा जाने सडकबाट प्रतिवन्धित लागूऔषध एम्पुलसहित अन्सारीलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले जानकारी दिए । 


उनका अनुसार दुई वटा आँपको क्यारेटमा लागूऔषध राखी उभिरहेको व्यक्ति प्रहरी टोलीलाई देख्नसाथ भाग्न खोजेपछि शंकाको आधारमा चेकजाँच गर्दा फेला परेको हो । प्रतिवन्धित लागूऔषध एम्पुलसहित नोफिन १५००, फेनारगन १५०० र डाइजोपाम १५०० पिस बरामद गरेको प्रहरीले उल्लेख  गरेको छ । १५ पोकामा रहेको लागूऔषधसहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस