• शनिबार-असार-२८-२०८२

म्यान्मारको बौद्ध बिहारमा हवाई आ क्रमण, २३ को मृ त्यु

 

काठमाडौं, २८ असार । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । 


उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए ।

 

आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा चार बालबालिका पनि छन् । मिडिया रिपोर्टका अनुसार राति करिब १ बजे जेट लडाकु विमानले गाउँको गुम्बामा बम खसालेको थियो ।

 

यद्यपी यो हमला कसले गराएको हो भन्ने जानकारी भने खुल्न सकेको छैन् । घटनाबारे सेनाले अहिलेसम्म केही बोलेको छैन । म्यानमारको स्वतन्त्र प्रजातान्त्रिक भ्वाइस अफ बर्मा अनलाइन मिडियाका अनुसार मृत्यु हुनेको संख्या ३० सम्म हुन सक्छ ।

 

म्यानमार २०२१ देखि गृहयुद्धमा छ, जुन सन् २०२१ को फेब्रुअरीमा सेनाले गरेको विद्रोह पछि यो देशमा अशान्ति सुरु भयो। सेनाले आङ सान सुकीको नेतृत्वमा निर्वाचित सरकारलाई अपदस्थ गर्यो । यसपछि देशमा अशान्ति फैलिएको हो ।

 

यो गृहयुद्धले म्यानमारमा मानवीय संकट ल्याएको छ । संयुक्त राष्ट्रसंघका अनुसार १७.६ मिलियन मानिसहरूलाई सहायताको खाँचो छ र ३० लाखभन्दा बढी विस्थापित भएका छन् र ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

सेनामाथि गाउँहरू जलाउने, हवाई आक्रमण गर्ने र युद्ध अपराध गरेको आरोप लगाइएको छ, जसले रोहिंग्या समुदायलाई पनि असर गरेको छ। म्यानमारको गृहयुद्धले अर्थतन्त्र १८ प्रतिशतले संकुचित गरेको छ, जसले गर्दा भोकमरी र गरिबी बढेको छ ।


 

प्रतिकृया दिनुहोस