काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् । भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् ।
पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको टेस्ट सिरिजमा भारतीय कप्तानले सर्वाधिक रन बनाउने विराट कोहलीको कीर्तिमान तोडेका छन् ।
२०१८ मा भारतको इङ्गल्याण्ड भ्रमणको क्रममा कोहलीले भारतको लागि सबै पाँच खेल खेलेका थिए र कुल ५९३ रन बनाउन सफल भएका थिए। तर, शुभमन गिलले लर्ड्समा इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट म्याचको पहिलो इनिङ्समा ९ रनको स्कोर पार गरेर कोहलीको कीर्तिमान तोडिदिए । उनी अब इंग्ल्याण्डमा टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने पहिलो भारतीय कप्तानसमेत बनेका छन् ।
यति मात्र होइन, गिलको निशानामा राहुल द्रविडको कीर्तिमान पनि छ । वास्तवमा भारतका लागि इङ्ल्यान्डमा भएको टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान राहुल द्रविडको नाममा रहेको छ । सन् २००२ मा भारतको इंग्ल्याण्ड भ्रमणका क्रममा द्रविडले सौरभ गांगुलीको नेतृत्वमा रहेको टोलीका लागि चार खेलबाट ६०२ रन बनाएका थिए। राहुल द्रविडलाई पछाडि छोड्न गिल मात्र एक रन टाढा छन् । तर, उनीसँग अझै मौका छ । उनले दोस्रो इनिङ्समा पनि यो कीर्तिमान बनाउन सक्छन् ।
भारतका लागि टेस्ट सिरिजमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान यशस्वी जैसवालको नाममा रहेको छ । सन् २०२४ मा भारत–इंग्ल्याण्ड सिरिजमा जैसवालले दुई दोहोरो शतकको मद्दतमा पाँच खेलमा कुल ७१२ रन बनाएका थिए । जसमा गिल जाँदैछन् । उनले यो कीर्तिमान पनि तोड्न सक्ने अनुमान अहिले पनि गर्न सकिन्छ किनभने उनी फर्ममा छन् ।
प्रतिकृया दिनुहोस