• सोमबार-असार-३०-२०८२

चोभारमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृ त्यु


काठमाडौँ, २९ असार : काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । 

 

उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यसैबीच, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने दार्चुलाको महाकाली नगरपालिका–४ घर भएका ६२ वर्षीय भीमप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १२ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले महालक्ष्मी–५ इमाडोलबाट पक्राउ गरेको हो ।

 

निरौलालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
–––

 

प्रतिकृया दिनुहोस