• सोमबार-असार-३०-२०८२

जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट 


मुगु । जिल्ला अदालत जुम्लामा ६८ प्रतिशत मुद्दा फछ्र्यौंट भएका छन् । आर्थिक वर्ष २०८१।८२ कूल दर्ता भएका मुद्दामध्य असार ३० गतेसम्म ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौट भएका हुन् ।


सोमबार जिल्ला अदालत जुम्लाद्वारा आयोजित सञ्चारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१÷८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१।०८२ दर्ता भएका १९२ र गत वर्षको जिम्मेवारी सरि आएका ११९ गरि कुल ३११ वटा मुद्दा दर्ता भएका थिए ।


जसमा आर्थिक वर्षको असार मसान्तसम्म कुल दर्ता भएका मुद्दा मध्य २१३ वटा अर्थात ६८.४९ प्रतिशत मुद्दा फछ्र्यौंट भएको अदालतले जानकारी दिएको छ । प्रतिवदेननुसार हाल ९८ वटा मुद्दा बाँकी रहेका छन् । ती आगामी आवको लागि जिम्मेवारी समेत सरेका छन् ।


तीन वर्षको तुलनात्मक अवस्था


आर्थिक वर्ष २०७।८० देखि २०८१।८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१।८२ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौंट भएको देखिन्छ ।


जिल्ला अदालतबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७९।८० मा कुल ३७६ मुद्वा दर्ता भएकोमा फछ्र्यौंट २२८ भएका छन् भने बाँकी १४८ मुद्दा छन् ।


आर्थिक वर्ष २०८०।८१ कूल ३१२ वटा मुद्दा दर्ता भएकोमा अन्तिमसम्म फछ्र्यौंट १९३ वटा मुद्दा फछ्र्यौंट भएका छन् । भने ११९ वटा मुद्दा फछ्र्यौंट हुन बाँकी रहेका छन् ।


साथै आर्थिक वर्ष २०८१।८२ मा ३११ वटा मुद्दा दर्ता हुँदा २१३ फछ्र्यौंट भएका छन् । मुद्दा दर्ता संख्या यस वर्ष कम भएपनि फछ्र्यौंट दर भने विगत दुई वर्षको भन्दा बढी रहेको छ ।


कुल ५३ वटा मुद्दामध्य ३८ वटाको फैसला कार्यान्वय भएका छन् । यद्यपी,  अदालतलाइ फैसला कार्यान्वयन ढिलासुस्ती हुने गरेको गुनासो आउने आउने गरेको छ ।


जिल्ला न्यायशीश आनन्दराज पन्तले न्याय सम्पादनलाई प्रभावकारी बनाउन पन्चवर्षीय रणनीतिनुसार काम भइरहेको बताए ।


उनले भने, ‘अहिले हामी चौथो वार्षिक रणनीति योजना कार्यान्वयनमा छौ । पूर्वनिर्धारित लक्ष्यनुसार कार्यक्रम गरिरहेका छौ । न्याय सम्पादनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सकारात्मक सुझाव आश्यक छ ।’


जिल्ला अदालतले हरेक वर्ष वार्षिक निर्धारित कार्यक्रम अनुसार आफ्नो प्रगति विवरण सार्वजनिक गर्न पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस