• बिहीबार-श्रावण-१-२०८२

टोखाको चण्डेश्वरीमा पहिरो, अवरुद्ध सडक सशस्त्र प्रहरीले खुलायो

काठमाडौं, असार ३२ गते । सशस्त्र प्रहरी बल नं. २० विपत् उद्धार गण सिनामंगलको टोलीले काठमाडौँ–नुवाकोट सडकखण्डअन्तर्गत टोखा नगरपालिका–२ चण्डेश्वरी थलाग टोलमा गएको पहिरो पन्छाएर सडक आवागमन पुनः सुचारु गरेको खबर  छ।

असार ३२ गते परेको अविरल वर्षाका कारण सो स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । तत्कालै सशस्त्र प्रहरी बलको उद्धार टोली परिचालन गरी पहिरो हटाई सडक खुलाइएको हो।

सशस्त्र प्रहरीको सक्रियतामा आवागमन सहज बनाइएपछि स्थानीयवासी तथा सवारी चालकहरूले राहत महसुस गरेका छन्। मौसम जोखिमबीच पनि उद्धार कार्यमा खटिएको सुरक्षाफौजको प्रयासलाई स्थानीयले सराहना गरेका छन्।


 

प्रतिकृया दिनुहोस