• शनिबार-श्रावण-३-२०८२

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल 


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ ।


२०८२ साउन १ गते बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् । 

 

एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो । 

 

‘विधान महाधिवेशनसम्बन्धी छलफल भैइरहेको हो, के-कसरी जाने भनेर । छलफल हुँदैछ । पार्टीमा सबैको ठूलो नेतृत्व छ । भण्डारीजीको बारेमा पनि छलफल हुन्छ । अध्यक्षजीले पनि छलफल गराैंला भन्नु भएको छ । उहाँको व्यक्तिगत निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भने उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहना हो । यो सार्वजनिक विषय हो यसलाई हल गर्नैपर्छ’,  उनले भने । 

 

२०८२ असार १४ गते मदन भण्डारी जयन्तीका अवसरमा पूर्व राष्ट्रपति भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन् । 

 

प्रतिकृया दिनुहोस