काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका हुन् ।
‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल ।’
सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच हिजो श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० बनाउने सहमति भएको थियो ।
प्रतिकृया दिनुहोस