काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन् ।
उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति रहेको बताए । उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए । उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
उनले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउँदै सम्बोधन सकेर बैठक बहिस्कार गरे ।
‘हामीले दुई महिनादेखि भिजिटभिसा प्रकरणबारे छानबीनको माग गरेका थियौँ । यसको बाबजुद पनि कांग्रेस र एमाले मिलेर देशलाई सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेको छ । कांग्रेस र एमालेबिच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भै रहेको छ । विवादमा आएका मन्त्रीहरुको छानबीन गर्न पनि देखिएको छ । भ्रष्टाचार कहाँ–कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाँहि छैन भनेर बुझन् आवश्यक छ । भ्रष्टाचार को जरो र छाता भनेको नै राजनिति हो । जबसम्म राजनितिको क्षेत्रलाई कारवाहीको दायरमा ल्याइँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन । संरक्षकको दायरमा रहेको राजनिति नेतृत्वलार्ई छानवीनको दायरामा ल्याउन आवश्यक छ । सार्वजानिक रुपमा जो दोषि छ त्यस्लाई संरक्षण गर्न हुँदैन । हामीले निरन्तर आवाज उठाउँदै गएका छौँ । देशका ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ । यी सबैको छानवीनको लागि उच्च स्तरको छानवीन समिति बनाउन आवश्यक छ । नबनाँउदा सम्म हामी संसदमा विरोध गरिरहने छौँ’ ।
प्रतिकृया दिनुहोस