• शुक्रबार-श्रावण-९-२०८२

भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजबाट सुरू

 

बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । 


कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।


तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ । 

 

यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ । जसमा भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल वेइबोमा यस सम्बन्धमा जानकारी दिएको बताइएको छ ।

 

भारतीय दूतावासले अब चीनबाट भारत भ्रमणका लागि भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भर्नु पर्नेछ। त्यसपछि वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनुपर्छ ।

 

यस पछि उनीहरूले राहदानी र आवश्यक कागजात लिएर भिसा केन्द्रमा जानु पर्नेछ । यी भिसा केन्द्रहरू बेइजिङ, सांघाई र ग्वाङ्झाउ जस्ता शहरहरूमा छन्, जुन दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा पर्दछ । उनीहरू त्यहाँ गएर आवेदन दिन सक्छन् ।
 

 

 

प्रतिकृया दिनुहोस