क्यार्लिफोनिया, ८ साउन । विश्वलाई प्रविधिको नयाँ अनुहार दिने एप्पलका संस्थापक स्टिभ जब्सकी छोरी इभ जब्सको विवाह छिट्टै हुने भएको छ । उनको शाही विवाह ओलम्पिक घोडा सवारी स्वर्ण पदक विजेता ह्यारी चार्ल्ससँग हुने भएको छ ।
यो अद्भुत समारोह यो हप्ता हुन गइरहेको छ। ६७ लाख अमेरिकी डलरको लागतमा विवाहको तयारी तीव्र गतिमा भइरहेको छ । न्युयोर्क पोस्टका अनुसार यो विवाहमा अमेरिकाका पूर्व उपराष्ट्रपति कमला ह्यारिसजस्ता ठूला व्यक्तित्वहरु सहभागी हुनेछन् ।
कमला ह्यारिस जब्स परिवारकी घनिष्ठ साथी हुन् । यति मात्र होइन, यस विवाहमा चर्चित गायक एल्टन जोन पनि आफ्नो आवाजको जादु फैलाउँदै गरेको देखिने छन् ।
स्टीव जब्सका जीवनीकार वाल्टर इसाक्सनले इभलाई ‘बलियो इच्छाशक्ति र हँसिलो’ भनेर वर्णन गरेका छन् । उनको चम्किलो व्यक्तित्वले फेसनको दुनियाँमा मात्रै होइन घोडसवारीमा पनि आफ्नो छुट्टै पहिचान बनाएको छ ।
इभ जब्स, खासमा उनी क्यालिफोर्नियाको पालो अल्टोमा बस्छिन्। उनले २०२१ मा स्ट्यानफोर्ड युनिभर्सिटीबाट बीए डिग्री हासिल गरे र त्यसपछि न्यूयोर्कमा सरिन्। अध्ययन गर्नु अघि उनले वेलिंगटन, फ्लोरिडाको अपर एश्लोन एकेडेमीमा घोड सवारी तालिम लिइन् । २०१८ मा उनी २५ वर्ष भन्दा कम उमेरमा विश्वको ५ औं उत्कृष्ट राइडरमा थिइन् ।
इभले २२ वर्षको उमेरमा मोडलिङको संसारमा प्रवेश गरेकी थिइन् । उनले ‘युफोरियाज सिड्नी स्वीनी’ र ‘रुपलको ड्र्याग रेस’ नाओमी स्मल्ससँगै ग्लोसियरको छुट्टी अभियानमा डेब्यु गरिन् । २०१२ मा उनी पेरिस फेसन ब्रान्ड कोपर्नीको लागि पहिलो पटक रन वेमा हिंडिन् ।
हाल इभले डिएनए मोडल म्यानेजमेन्टसँग काम गर्छिन र उनी साँच्चै फेसन संसारमा प्रवेश गरिसकेकी छिन् । उनी भोग जापानको कभरमा देखा परेकी थिइन् । र, लुइस भिटन जस्ता ठूला ब्रान्डहरूको लागि उच्च प्रोफाइल अभियानहरूमा काम गरिसकेकी छिन् ।
उनले २०२० टोकियो ओलम्पिकमा सहभागी हुने योजना बनाए पनि कोभिड–१९ का कारण कार्यक्रम स्थगित भए पछि सहभागी हुन पाइनन् । उनी सोशल मिडियामा धेरै सक्रिय छैनन् तर कहिलेकाहीँ उनको फोटोग्राफी सीपहरू भने बाहिर आउने गर्छ, जसमा सुन्दर प्रकृति फोटोहरू र संग्रहालय झलकहरू समावेश छन् ।
प्रतिकृया दिनुहोस