• शनिबार-श्रावण-१०-२०८२

कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं । सत्तारुढ दल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।


पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

 

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस